बिर्तामोड । बिर्तामोड नगरपालिका ५ मा डेरा गरि बस्ने विकास श्रेष्ठको कोठाबाट नगद चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठको कोठाबाट दराज फोरेर नगद १० लाख ५० हजार रुपैयाँ चोरी गर्ने इलाम माई नगरपालिका ४ का २८ वर्षीय कुमार मगरलाई धनकुटाबाट पक्राउ गरि बिर्तामोड ल्याइएको छ । श्रेष्ठको कोठाबाट मगरले असोज १ गते चोरी गरेका थिए ।

चोरी गरी फरार रहेको भन्दै पीडितले ईलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दिएका थिए । सोही क्रममा खोजी गर्दा धनकुटाबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो ।

धनकुटाको सहिदभूमि गाउँपालिका ७ बस्ने ४८ वर्षीया साबित्रा मगरको साथबाट चोरी गरेको नगद रकम ३ लाख ३५ हजार र चोरी गर्ने कुमार मगरको साथबाट ६३ हजार फेला पारी दुवैलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि बिर्तामोड ल्याइएको प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्ध जिल्ला अदालत झापामार्फत म्याद थप भइ अनुसन्धान कार्य शुरु गरिएको अनारमनी प्रहरीले जनाएको छ ।