झिलझिले । नेपाली कांग्रेसको १४औं अधिवेशनका लागि शिवसताक्षी नगरपालिकामा अशोक बस्नेत सभापति पदमा निर्वाचित भएका छन् ।

बस्नेतले २१५ मत प्राप्त गरेर आगामी पाँच वर्षका लागि नेपाली कांग्रेस शिवसताक्षी नगरपालिकाको नेतृत्व सम्हालेका हुन् । सभापति पदका अर्का प्रत्यासी तुलाराम बोखिमले १४७ मत पाए । बस्नेत ६८ मतको फरकले सभापति पदमा निर्वाचित भएका हुन् ।

यस्तै उपसभापति पदमा सर्वाधिक मत ल्याएर सन्तकुमार फेवादिन विजयी भएका छन् । उनले २८२ मत पाएका थिए । यता भूपाल राजवंशीले २२२ मत पाएर विजयी भए । सो पदका अर्का प्रत्यासी नेत्र बिमलीले १४६ मत पाए ।

यस्तै दुई सचिव पदका २ उम्मेद्वार होमप्रसाद दुलाल र रमेशकुमार राई विजयी भएका छन् । दुलालले २४१, राईले २१९ मत पाएर विजयी भएका हुन् । विनोद खरेलले १६९ मत पाए ।

यता सहसचिव पदका उमेदवार सूर्यप्रकाश योङ्या र राजनारायण ताजपुरिया निर्वाचित भएका छन् । योङ्याले २६९ र ताजपुरिया २३४ मत पाएका थिए । सो पदका देवीप्रसाद तुम्बापो (दर्शन)ले १४७ मत पाएका थिए ।

खुल्ला सदस्य पदको मतगणना अब सुरु हुने निर्वाचन समितिले जनाएको छ ।