बिर्तामोड । पूर्वसांसद एवम् नेपाली कांग्रेसका पुराना नेता अमृतलाल राजवंशी एमाले प्रवेश गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई एमालेमा स्वागत गरेका हुन् । राजवंशी ४ दशकदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा क्रियाशील थिए ।

०६४ र ०७० सालको निर्वाचनमा समानुपातिक सांसद् बनेका राजवंशीले संमृद्ध मुलुक निर्माण गर्न एमालेबाहेक कुनै पनि दल लाग्न नसकेको भन्दै एमाले प्रवेश गरेका हुन् । उनले नेपाली कांग्रेस असल राजनीतिको बाटो छोडेर गलत ट्रयाकमा हिँडिरहेको राजवंशीको आरोप लगाएका छन् ।

झापा बिर्तामोड ४ निवासी राजवंशीले एमाले अध्यक्ष ओलीकै निवास काठमाडौं पुगेर पार्टी प्रवेश गरेको घोषणा गरेका छन् । राजवंशी नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिको उम्मेद्वार बनेका थिए । उनी वडामै पराजित भएका थिए ।