बिर्तामोड । नेपाल खेलकुद महासंघ झापाको प्रथम जिल्ला भेलाले भवानी बराललाई अध्यक्षमा चयन गरेको छ ।

मंगलबार नेकपा एमाले झापाको बिर्तामोडस्थित जिल्ला कार्यालयमा सम्पन्न भेलाबाट बराल अध्यक्षमा चयन भएका हुन् । जिल्ला समितिमा ९१ सदस्यीय रहनेछ ।

यसैगरी, जिल्ला महासंघको उपाध्यक्षमा धनकुमार तामाङ, सचिवमा सैलेन्द्र सिटौला, सहसचिवमा चन्द्रप्रसाद गौतम, कोषध्यक्षमा प्रनिता पोखरेल र सहकोषाध्यक्षमा मुना सिग्देललाई चयन गरिएको छ ।

जिल्ला कमिटीमा ९१ जना सदस्यीय रहनेमा मंगलबार ४० जना चयन भएका छन् । बाँकी भूगोलको हिसाब र संगठनमा योगदन पुराएको आधारमा मनोनित गरिने भएको सहसचिव चन्द्रप्रसाद गौतमले जानकारी दिए ।