बिर्तामोड । अर्जुनधारा नगरपालिका ११ सालबारीस्थित चारआली शनिश्चरे सडकखण्डमा कालिखोलाको कल्भर्टमा मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही स्थानका १८ बर्षीय कुसल दास रहेका छन् । हिजो (शनिबार) राति साढे ९ बजे पश्चिमतर्फ जादै गरेको प्र १–०१-०१२ प ४३७४ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर खोलामा झरी दुर्घटना भएको थियो ।

 

घटनाको जानकारी पाएलगतै अस्थायी प्रहरी पोष्ट सालबारीबाट प्रहरी टोली खटिगई पानीमा डुवी बेहोस भएका दासलाई उपचारको लागि मनमोहन अस्पताल बिर्तामोड पठाईएको थियो । अस्पताल पुर्याउन साथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।