सुनसरी । कुटपिटबाट घाइते पत्नीको मृत्यु भएपछि पतिलाई प्रहरीले पक्राउ गरेको छ । धरान १५ बाँझगराकी ३४ वर्षीया छंकु मगरको उपचारका क्रममा मृत्यु भएपछि पति महेन्द्र राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवरले बताए ।

 

मादक पदार्थ सेवनले मात्तिएका ४१ वर्षीय राईले गत बिहीबार पत्नीमाथि कुटपिट गरेका थिए । घाइते भए पनि उपचार नगरी घरैमा राखिएके थियो ।

 

अवस्था गम्भीर भएपछि सोमबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पुर्‍याइएकी छंकु मृत्यु भएको थियो । त्यसपछि माइती पक्षले ज्वाइँविरुद्ध हत्या आरोपमा किटानी जाहेरी दिएको धरान १५ का वडाध्यक्ष नरेश इङ्वारमले बताए ।

 

मृतकको शरीरमा कुटपिटका निलडाम देखिएको प्रहरीले जनाएको छ । जाहेरी परेपछि प्रहरीले राईलाई मंगलबार पक्राउ गरी हिरासतमा लिएको छ ।