बिर्तामोड । झापाको अर्जुनधारा ११ स्थित बिर्तामोड बसपार्कमा लागूऔषधको कारोवार गरिरहेको अबस्थामा दुई युवायुवती पक्राउ परेका छन् ।

 

शनिबार साँझ बसपार्कस्थित ताप्लेजुङ होटलमा लागूऔषध ब्राउनसुगरको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले दुई व्यक्तिलाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा होटल संचालिका ताप्लेजुङ सिरीजंगा ३ बस्ने २० वर्षिया अनिसा भट्टराई र इलाम नगरपालिका ६ बस्ने २८ वर्षीय मनिष राईलाई पक्राउ गरेको हो ।

 

उनीहरुको साथबाट प्लास्टिकमा प्याक गर्दै गरेको अवस्थामा १ ग्राम ब्राउनसुगर फेला पारी ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।