दमक । झापाको दमक नगरपालिकाको एक घरबाट ६ जना जुवाडे पक्राउ परेका छन् । दमक नगरपालिका २ निवासी मोहनकुमार तामाङको घरबाट तास खेलिरहेको अबस्थामा तामाङसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घर धनी मोहनकुमार तामाङ, सोही स्थानका ३८ वर्षीय पुर्णप्रसाद शिवाकोटी, ३० वर्षीय विनोद श्रेष्ठ, ३७ वर्षीय दिलबहादुर श्रेष्ठ, वडा नम्बर ३ का ३४ वर्षीय सुरेन्द्र नेम्वाङ र कमल गाउँपालिका ६ का ४१ वर्षीय दुर्गाबहादुर राई रहेका छन् ।
आइतबार बेलुका साढे ४ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ३ बुङ तास र नगद १ लाख २० हजार ५०० सहित पक्राउ गरेको हो । पक्राउ परेका छ जनाउपर थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
यसअघि दमक नगरपालिका ४ मा रहेको रातो भाले सेकुवा कर्नर होटलबाट नगदसहित ६ जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ६ का ६६ बर्षीय विश्वराज पराजुली, झापा बुद्धशान्ति गाउँपालिका ३ का ४५ बर्षीय सोनी तामाङ, होटल संचालक दमक नगरपालिका ४ का ४७ बर्षीय शेरवहादुर कार्की, सोही स्थानका ५३ बर्षीय रेवत बुढाथोकी, ४६ बर्षीय चेतबहादुर कुँवर र दमक नगरपालिका ९ का ४६ बर्षीय रविन श्रेष्ठ रहेका थिए ।
दमकबाट खटिएको प्रहरी टोलीले नगद दुई लाख ५६ हजार ३५०, एक बुङ ताससहित उनीहरुलाई पक्राउ गरिएको थियो ।