शनिश्चरे । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को अर्जुनधारा नगरको अध्यक्षमा अर्जुन मेचे चयन भएका छन् । ।

 

अर्जुनधारा ६ नम्बर वडाका जनप्रतिनिधि मेचेको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन भएको हो । कमिटीको दुई उपाध्यक्षमा कुमार राय र किरण ओली, सचिवमा कृष्ण लोहार र तीन उपसचिवमा खेम नेपाल, मञ्जु सञ्जेल र पूर्ण ताम्लिङ रहेका छन् ।

 

यसैगरी, युवा संघ नेपालको पनि नगर कमिटी गठन गरिएको छ । मनोज खनालको अध्यक्षतामा नगर कमिटी गठन गरिएको हो । दुई उपाध्यक्षमा विजय राई र राम बानियाँ छन् भने सचिवमा दीपक श्रेष्ठ, सहसचिवमा कमल श्रेष्ठ र सञ्जय बानियाँ तथा कोषाध्यक्षमा एन्द्रिका बेघा छन् । अन्य १४ जना नगर सदस्य रहेका छन् ।

 

पार्टी केन्द्रीय कमिटी सदस्य तथा झापा सह इन्चार्ज लोकबन्धु कन्दङ्वाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रम पुराना किसान नेता देवी बरालको अध्यक्षतामा भएको थियो ।

 

अग्रज कम्युनिस्ट नेता अम्बिका खतिवडाले सञ्चालन, युवा नेता होम दुलालको स्वागत मन्तब्यमा भएको कार्यक्रममा खेलकुद महासङ्घका केन्द्रीय सदस्य धर्म सिवाकोटी, युवा सङ्घ नेपालका केन्द्रीय सचिव प्रत्युस राना, झापा पार्टी अध्यक्ष बेदराज रेग्मी, पार्टी नेता प्रेमसागर सापकोटा, प्रचार बिभाग प्रमुख तथा समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देल, युवा सङ्घ केन्द्रीय सदस्य दुर्गादेवी थापा, राजन थापा, बिर्तामोड नगरका अध्यक्ष श्री सिटौला र युवा संघ झापाका अध्यक्ष सुनिल थापालगायत किसान महासंघका केन्द्रीय सदस्य टंक पराजुलीको आतिथ्यता रहेको थियो ।

 

नगर कमिटीलाई पार्टी अध्यक्ष वेदराज रेग्मीले र युवा सङ्घका पदाधिकारीलाई केन्द्रीय सदस्य दिपक दुलालले सपथ ग्रहण गराएका थिए ।