भद्रपुर । नेपाल निजामति कर्मचारी युनियनको आठौँ जिल्ला अधिवेशनले फेरि कविन्द्र बिक्रम नेम्वाङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
भद्रपुरमा शनिबार सम्पन्न युनियनको अधिबेशनले उपाध्यक्षमा ज्ञानु शिवाकोटी, अरुण शाह र यसोदा कोइराला, सचिवमा भानुभक्त भट्टराई, सहसचिवमा चन्द्र पौडेल र कोषाध्यक्षमा सरोज विक लगायतको २१ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
आगामी ४ बर्षे कार्यकालका लागि गठित कार्य समितिको आगामी माघ ८ देखि १० गतेसम्म काठमाडौँमा हुने युनियन केन्द्रिय अधिबेशन प्रतिनिधिहरु रमला बराल, कविराज कोइराला, भिमबहादुर चेम्जोङ, प्रकाश चौधरी र नारयण दुलाल लगायतको ५ सदस्यीय केन्द्रिय प्रतिनिधि समेत चयन गरेको निर्वाचन समिति संयोजक जगतबहादुर मगरले जानकारी दिए ।
निजामति कर्मचारी युनियनका अध्यक्ष नेम्वाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबे तथा बिशेष अतिथि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले संयुत्त रुपमा उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि थेवे, प्रजिअ तिमल्सिना, युनियन पुर्व केन्द्रिय अध्यक्ष सुवोधकुमार देवकोटा, केन्द्रिय उपाध्यक्ष दिपेन्द्र खत्री, केन्द्रिय सदस्य लक्ष्मीप्रसाद दाहाल, आधिकारीक टे«ड युनियन झापा अध्यक्ष लक्ष्मी गुरागाई, युनीयन केन्द्रिय महासचिव सुवासकुमार कोइराला लगायतका युनियन पदाधिकारीहरुले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको स्वागत झापा युनियनकी उपाध्यक्ष रमला बराल र सञ्चालन बद्रीकुमार दाहालले गरेका थिए ।