झापा । झापाको बिर्तामोड नगरपालिका १ पूर्व शान्ति टोलबाट नियन्त्रित लागुऔषध ब्राउन सुगरसहित १ जना पक्राउ परेका छन् ।
उक्त स्थानबाट लागुऔषध ब्राउन सुगरको ओसार पसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ४ का २१ वर्षीय अबि शेखलाई २ ग्राम ४७० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेकाे हाे ।
आइतबार बेलुका ७ बजे पक्राउ पक्राउ परेका शेखको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।