झापा । झापाको काँकरभिट्टाबाट धेरै परिमाणको प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।
४४ ग्राम ब्राउन सुगरसहित मोरङ रतुवामाई नगरपालिका वडा नं ५ बस्ने २६ वर्षीय लावन हाङ राई पक्राउ परेका हुन् । आइतबार साँझ ४ बजे मेचीनगर ६ स्थित बसपार्कमा जिल्ला प्रहरी कार्यालय झापा, ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
उनीमाथि शंका लागेर चेकजाँच गर्दा ४४ ग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले जनाएका छन् ।