झापा । झापाको भद्रपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री बृद्धको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा भद्रपुर नगरपालिका ४ का ७७ वर्षीय जगतबहादुर कार्की रहेका छन् । हिजो साँझ ६ः४५ बजे भद्रपुर–बनियानी सडकखण्डको झिलमिली पुल छेउ मे. १० प ४४१९ नम्बरको मोटरसाइकलले पैदलयात्री कार्कीलाई ठक्कर दिएको थियो ।

 

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कार्कीको भद्रपुरस्थित ओमआई पाथिभरा अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

ठक्कर दिने चालक कचनकवल गाउँपालिका ७ बस्ने २४ वर्षीय माधवप्रसाद राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएकोे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए ।