झापा । झापामा सबैभन्दा धेरै जनसंख्या मेचीनगर नगरपालिकामा रहेको जनगणनाको तथ्यांकले देखाएको छ ।

 

बुधबार तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लाका १५ वटा पालिकामध्ये सबैभन्दा धेरै जनसंख्या मेचीनगर नगरपालिकामा देखिएको हो । मेचीनगरको जनसंख्या १ लाख ३१ हजार ५२० रहेको छ ।

 

त्यसपछि बिर्तामोड नगरपालिकाको जनसंख्या १ लाख १७ हजार ३५५ र तेस्रो स्थानमा रहेको दमकको जनसंख्या १ लाख ७ हजार ४१० रहेको छ । जिल्लामा सबैभन्दा कम हल्दिबारी गाउँपालिकाको जनसंख्या ३३ हजार ५४ रहेको छ ।