मेचीनगर । मेचीनगर नगरपालिकाका उपमेयर मीना उप्रेती चढ्ने गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

 

बुधबार साँझ ७ बजे मेचीनगर ७ स्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत टोकला चिया बगानको गेट अगाडि पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मेचीनगर नगरपालिकाको मे. १ झ १७२ नम्बरको गाडीले बिपरीत दिशाबाट जाँदै गरेको मे. ९ प ७९२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

 

नगरपालिकाको गाडीको ठक्करबाट मोटरसाइकल चालक मेचीनगर ७ बस्ने ३५ वर्षीय सन्तोष राजवंशी घाइते भएका थिए । घाइतेलाई सोही गाडीमा प्रहरी कर्मचारीसहित उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोडतर्फ पठाइएकोमा साँझ ७ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

 

दुर्घटना गराउने मेचीनगर नगरपालिकाको मे. १ झ १७२ नम्बरको गाडी र सोही गाडीका चालक मेचीनगर ७ आयाबारी बस्ने ४८ वर्षीय राजकुमार प्रधान ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

उपमेयर उप्रेती चढ्ने सो गाडीले उप्रेतीलाई विराटनगरमा छोडेर कार्यकर्ता लिएर फर्किने क्रममा ठक्कर दिएको जनाइएको छ ।