बिर्तामोड । झापाको बिर्तामोडमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

 

बिर्तामोड नगरपालिका २ चैतुवारीस्थित प्रदीप इँटा भट्टामा काम गर्ने सर्लाही बरहथवा नगरपालिका २ हजरिया घर भएका ३८ वर्षीय गंगा मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

 

मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

बालिकाको बुधबारसाँझ नै स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ । पीडितको तर्फबाट जाहेरी आइसकेको र अभियुक्तलाई जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।