बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका ४ स्थित ओमशान्ति टोलबाट लागूऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा १ जना महिला रहेकी छन् ।
हिजो (बुधबार) साँझ ६ बजे प्रहरी चौकी बिर्ता बजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड ४ स्थित ओमशान्ति टोलमा डेरा गरी बस्ने २१ वर्षीया हसिना मण्डल र बिर्तामोड ५ का १८ वर्षीय अर्वाज खानलाई प्रतिबन्धित लागूऔषध ब्राउन सुगर ३ ग्रामसहित पक्राउ गरेको हो ।
ब्राउन सुगरसहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ । मंगलबार साँझ मात्र बिर्तामोड ५ पञ्चकन्या चौकमा अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा बिर्तामोड ५ का २४ वर्षीय सुनिल लिम्बू पक्राउ गरेको थियो ।