मेचीनगर । मेचीनगर ६ काँकरभिट्टाको बर्मेली टोलमा रहेको एसएस फुटवेयरमा भएको आगलागीमा साढे ९ करोड क्षति भएको दाबी गरिएको छ ।
जुत्ता फ्याक्ट्रीका संचालकले सो दाबी गरेका हुन् । घरसहित साढे ९ करोडको क्षति भएको दाबी संचालकले गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । घर साढे २ करोड र तयारी सामान, कच्चा पदार्थ, नयाँ मेशिनरी सामान गरी त्यति क्षतिको दाबी संचालकले गरेको डिएसपी पाठकले जानकारी दिए ।
मेचीनगर ६ का श्याम खेतानले संचालन गरेको सो जुत्ता फ्याक्ट्रीमा विद्युत सर्ट भई आगलागी भएको थियो । आगो निभाउन नेपाल र भारतका ११ वटा दमकल खटिएका थिए ।