झापा । झापाको भद्रपुर नगरपालिका १ लाहुरे चौकका ३४ वर्षीय अमरबहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
आज बिहान साढे ५ बजे तामाङले मोबाइल बिगारेको बिषयमा ३४ वर्षिया अनिता लिम्बुलाई घाँटी तथा शरीरमा चक्कु प्रहार गरि आफ्नै घरमा हत्या गरेका थिए ।
चक्कु प्रहार गर्ने तामाङलाई सीमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाएको छ । मृतकको लाश आवश्यक कानूनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि मेची अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।