झापा । मोरङ उर्लाबारी नगरपालिका ४ आईतबारे बस्ने ३५ बर्षीय गंगा प्रसाद भण्डारीले आफ्नै आमालाई चिरपट प्रहार गरी हत्या गरेका छन् ।
हिजो बेलुका साढे ४ बजे घरयासी विवादका कारण ७० बर्षीया चन्द्रमाया भण्डारीलाई दाउराको चिरपटले प्रहार गरेका थिए । चिरपट प्रहारबाट गम्भीर घाईते भएकी चन्द्रमायाको मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारेमा उपचारको क्रममा राति साढे १० बजे मृत्यु भएको हो ।
हत्या गर्ने गंगा प्रासादलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई कानुनी प्रक्रिया अगाडि बढाएको छ । हत्याको कारण खुलेको छैन ।