शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका ९ कार्की डाँडास्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्री बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ७८ वर्षीया शिवमाया दाहाल रहेकी छन् ।
हिजो (बुधबार) बेलुका ८ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र. १-०१-०१२ प ५९९८ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेकी दाहाललाई ठक्कर दिई घाइते बनाएको थियो । घाइते दाहालको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राति सवा १२ बजे मृत्यु भएको हो ।
मोटरसाइकल प्रहरी चौकी शनिश्चरेको नियन्त्रणमा रहेको छ भने चालक झापा बुद्धशान्ति गाउँपालिका १ भोटेटारका २१ वर्षीय प्रेम गुरुङ फरार रहेकाले खोजतलास भइरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।