झापा । प्रतिबन्धित लागूऔषध ब्राउनसुग्सहित मेचीनगरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम जोगमाइका युवा छन् ।

 

हिजो (आइतबार) साँझ ५ः३० बजे मेचीनगर ६ बाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले ईलाम माईजोगमाई १ बस्ने २३ वर्षीय जोसेफ थापालाई पक्राउ गरेको हो ।

 

भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ९ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।

 

उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी कानुनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।