मोरङ । मोरङको ग्रामथान गाउँपालिका ४ स्थित मोतिपुर तेतरिया सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा ग्रामथान ४ का २५ वर्षीय सुदिप बिश्वास रहेका छन् । सोमबार दिउँसो सवा २ बजे प्रदेश १-०२-००१ ख ९१२० नम्वरको टिपरलाई ओभरटेक गर्ने क्रममा को. २९ प ९५६० नम्वरको मोटरसाईकल दुर्घटना हुँदा बिश्वासको मृत्यु भएको हो ।
मोटरसाईकल चालक ग्रामथान ४ का २५ वर्षीय बिवेक माझी थारु र पछाडि सवार रहेका सुदिप बिश्वास घाइते भएका थिए । उनीहरुलाई कोशी अस्पताल बिराटनगर लगिएकोमा बिश्वासको मृत्यु भएको हो ।
उक्त टिपर र चालक मोरङ कटहरी २ का आनन्दकुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।