झापा । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित मेची पुलबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमल ६ बस्ने ३४ वर्षीय दिपेन्द्र भण्डारी रहेका छन् ।
शुक्रबार दिउँसो २ बजे मेचीनगर वडा नं ६ मेची पुल छेउमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका भण्डारीलाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट ८ ग्राम ब्राउनसुगर बरामद भएको थियो ।
उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको र झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।