झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरका एक जना कारोबारी पक्राउ परेका छन् । ८० ग्राम ब्राउनसुगरसहित काठमाण्डौ कागेश्वरी मनोहरा ९ बस्ने २५ वर्षीय राजिव रायमाझीलाई झापामा प्रहरीले पक्राउ गरेको हो ।

 

शुक्रबार मध्यान्ह १२ बजेको समयमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर वडा नं ६ पुरानो मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेका रायमाझीलाई पक्राउ गरेको हो ।

 

उनलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ८० ग्राम ब्राउनसुगर र नगद ५ हजार बरामद भएको थियो । उनलाई ईप्रका काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।