पाँचथर । फिदिमको बुद्धमार्गमा घरको शिलान्यास गर्दै गर्दा माथिबाट खसेको पहिरोले पुरिएर एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६९ वर्षीय फिदिम सुखबोध माबि जोरसालका पूर्व प्राध्यापक गोपाल ढुंगाना रहेका छन् । बिहान छिमेकीको घर शिलान्यासको पूजा गर्न गएका ढुंगाना माथिबाट सेफ्टीट्याङ्कीको वाल झरेर पुरिएका थिए ।
४५ मिनेट स्काभेटरको सहायताले खोज्ने क्रममा ढुंगाना टाउकोमा गम्भीर चोट लागेको अवस्थामा फेला परेका थिए । उनलाई उपचार गर्न लैजाँदा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।