झापा । झापामा कांग्रेस र माओवादीले सम्मानजनक व्यवहार नगरेको भन्दै सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी बाहिरिएिको छ । गठबन्धनबाट बाहिरिएको घोषणा गर्दै नेकपा एसले झापाका सबै स्थानीय तहका लागि प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम सिफारिस गरेर प्रदेशमा पठाएको छ ।
नेकपा एसका प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले सबै स्थानीय तहमा सिफारिस भएका उम्मेदवारको नाम सार्वजनिक गर्दै गठबन्धनबाट नेकपा एस बाहिरिएको जनाएका छन् । सिग्देलले कांग्रेसले एकतर्फी रूपमा गठबन्धन तोडेको बताए ।
झापामा कांग्रेस र माओवादीबीचमै पनि भागबण्डा मिलेको छैन । उनीहरूले नेकपा एसलाई कुनै पनि पालिकामा प्रमुख दिन मानेका छैनन् भने दुईवटा गाउँपालिकामा उपप्रमुख मात्र दिन खोजेका थिए ।
अर्जुनधारा र कमल गाउँपालिकाको उपाध्यक्ष नेकपा एसलाई दिने भनिए पनि सो पार्टीले बिर्तामोड र शिवसताक्षी नगरपालिकाको उपमेयर मागेको थियो । सो पार्टीले चारवटा उपप्रमुख पनि नपाएपछि गठबन्धन छाडेको हो । झापाका १५ मध्ये १४ पालिकाको प्रमुख कांग्रेसले दाबी गरेको छ ।
यी हुन् नेकपा एसले सिफारिस गरेका उम्मेदवार
१. मेचीनगर प्रमुख : शारदा शर्मा, अर्जुन पौडेल, लक्ष्मी थिङ, उप प्रमुख : बीपी भट्टराई, शंकर थापा, विमला देवकोटा २. बुद्धशान्ति प्रमुख : दुर्गा आचार्य, पुस्प खतिवडा, उप प्रमुख : प्रदीप धिमाल
३. अर्जुनधारा प्रमुख: भास्कर काफ्ले, प्रत्युश राना, उप प्रमुख: रमा खवास, प्रेमसागर सापकोटा, अम्बिका खतिवडा, ४. बिर्तामोड प्रमुख: चन्द्रकला घिमिरे, चेतानन्द निरौला, उप प्रमुख: तीर्थ सिग्देल, श्रीप्रसाद सिटौला
५. कनकाई प्रमुख: नारायण सिंह राजवंशी, उप प्रमुख: अम्बिका उप्रेती, ६. भद्रपुर प्रमुख: पुस्प पोखरेल, दुर्गा भट्टराई, उप प्रमुख: पदम लिम्बू, टीका रेग्मी, कुज्जा रुचाल
७. शिबसतासी प्रमुख: नवीन इजम, उप प्रमुख: यसोधा भट्टराई, ८. कमल प्रमुख: हरिमाया मैनाली, खगेन्द्र बाराकोटी, उप प्रमुख: होमबहादुर बराल, चन्द्रकला भण्डारी, राम भण्डारी
९. गौरादह प्रमुख: खगेन्द्र दाहाल, नारायण राजवंशी, उप प्रमख: लक्ष्मीदेबी चौधरी, १०. कचनकवल प्रमुख: खेपचरण यादब, उप प्रमुख: मेहरमान राजवंशी, ११. दमक प्रमुख: इन्द्र बुडाथोकी, भरतबाबू कार्की, उप प्रमुख: रामकुमारी तामाङ, लक्ष्मी चौधरी
१२. बार्हदशी प्रमुख: लक्ष्मी पकुवाल, सीताराम बस्नेत, उप प्रमुख: सुस्मा मुर्मु, १३. गौरीगन्ज प्रमुख: हिराकाजी गिरी, हुपनारायण राजवंशी, १४. झापा प्रमुख: रामबहादुर खड्का, उप प्रमुख: इस्वरी दाहाल, १५. हल्दीबारी प्रमुख: टीका पौडेल