विराटनगर । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट सट्टेबाजीमा संलग्न भएको आरोपमा बुधबार राति दुई जना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा सट्टेबाजी खेलाउने विराटनगर ६ का ४२ वर्षीय सचिनकुमार साह र खेल्ने विराटनगर ९ का ४४ वर्षीय भूपेन्द्र साह रहेको मोरङ प्रहरीले जनाएको छ ।

 

बरामद भएको २८ हजार ३२५ रुपैयाँ, २ चेक र २ मोबाइलसहित पक्राउ उनीहरुविरुद्ध सट्टेबाजी कसुर मुद्दामा मोरङ जिल्ला अदालतबाट बिहीबार पाँच दिन म्याद थपेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।