उम्मेदवारी मनोनयन गर्न पुगेका एमालेका नेता तथा कार्यकर्ता

बिर्तामोड । बिर्तामोड नगरपालिकाको मेयरमा चार वटा राजनीतिक दलको तर्फबाट उम्मेद्वारी दर्ता भएको छ । एक जना व्यक्तिले मेयरमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । हालसम्म ५ जनाले मात्रै उम्मेद्वारी दर्ता गरेको बताइएको छ ।

 

निर्वाचन अधिकृतको कार्यालय बिर्तामोडका अनुसार एमालेबाट मेयरमा पवित्रा देवी महतारा, उपमेयरमा नगेन्द्र संग्रौलाले उम्मेद्वारी दर्ता गराएका छन् । राप्रपाबाट मेयरमा ध्रुवकुमार उप्रेती र उपमेयरमा रञ्जु प्याकुरेलले उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै, मौलिक जरोकिलो पार्टीका तर्फबाट मेयरमा प्रज्वल अधिकारी शर्मा र उपमेयरमा रिता देवी निरौलाले उम्मेद्वारी दर्ता गराएका छन् ।

 

मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट मेयरमा राजकुमार लावती र रिता देवी शेर्माले उपमेयरमा उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

यसैगरी, नगेन्द्र अधिकारीले मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका छन् । अन्य दलले मेयर÷उपमेयरमा उम्मेद्वारी दर्ता गराएका छैनन् । उम्मेद्वारी दर्ता भोलिसम्म चल्नेछ ।