धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका ५ सदामटारस्थित तमोर नदीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय प्रकाश माझी रहेको प्रहरीले जनाएको छ ।

 

उनी बुधबार साँझ माछा मार्नेक्रममा नदीमा बेपत्ता थिए । डुबेको स्थान केही तलबाट उनको शव स्थानीयले फेला पारेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चिरञ्जिवी दाहालले जानकारी दिए । जिल्ला अस्पतालमा माझीको शव पोस्टमार्टम गरिएको जनाइएको छ ।