बसन्तपुर । तेह्रथुमको लालीगुराँस नगरपालिका ४ बसन्तपुरबाट लागूऔषध ब्राउन सुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा टुटे देउरालीका ३० वर्षीय राम गुरुङ रहेका छन् । हिजो दिउँसो विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गुरुङलाई पक्राउ गरेको हो । निजले ना. ४ ख ९२१० नम्वरको यात्रुबाहक बसको बनोटमा लुकाईछिपाई राखेको १ ग्राम ४४० मिलिग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको हो ।
प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका गुरुङको जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट थप अनुससन्धान भईरहेको छ ।