मोरङ । लागुऔषध मुद्दाका १ जना फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । गत चैत ३० गते मोरङको बिराटनगर महानगरपालिका १९ मा को १ च ५३१८ नम्बरको पिकअप भेनबाट १२० केजी गाँजा बरामद भएको थियो ।

 

पिकअपबाट गाँजा बरामद भएता पनी फरार रहेका पिकअप चालकलाई वैशाख २० गते धरानको सुनसरीबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा साँघुरीगढी गाउँपालिका ८ का ३९ वर्षीय झगेन्द्र राई रहेका छन् ।

 

राईले नियन्त्रित लागुऔषध गाँजा पिकअपमा लोड गरी सिमाक्षेत्रबाट भारतीय बजार लैजान लाग्दा मोरङको बुधनगरमा पिकअप छाडेर फरार भएका थिए । लागुऔषध ओसारपसार गर्ने राईको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।