अर्जुनधारा । पछिल्लो मतगणनाको परिणामअनुसार अर्जुनधारा नगरपालिकाको २ नम्बर वडामा गठबन्धनका उम्मेद्वार जीत नजिक पुगेका छन् । गठबन्धनका वडाध्यक्ष उम्मेद्वार नरेन्द्र श्रेष्ठ जीत नजिक पुगेका हुन् ।

 

२ नम्बर वडाको २ हजार ८२२ मतगणना भइसक्दा वडाध्यक्ष पदका उम्मेद्वार श्रेष्ठले १ हजार ४०१ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार तुलसी खतिवडाले १ हजार ९८ मत पाएका छन् ।

 

वडाध्यक्ष पदमा गठबन्धनका उम्मेद्वारलाई अग्रता मिले पनि मेयर, उपमेयर पदमा भने नेकपा एमालेका उम्मेद्वार अघि छन् । यस वडामा ३ हजार ८१ मत खसेको थियो ।

 

पछिल्लो मतपरिणाम अनुसार मेयर पदका उम्मेद्वार बलदेवसिंह गोम्देनलाई वडा नम्बर १ मा प्राप्त मतसहित ३ हजार १५१ मत प्राप्त भएको छ भने गठबन्धनकी उम्मेद्वार रञ्जिता कार्कीले २ हजार ४६१ मत पाएकी छन् ।

 

यस्तै, उपमेयर पदमा एमालेकी खड्गमाया पराजुलीले ३ हजार २० मत पाउँदा गठबन्धनका उम्मेद्वार जितेश योञ्जनले १ हजार ६६४ मत पाएका छन् ।

 

यसअघि वडा नम्बर १ बाट पनि गठबन्धनका उम्मेद्वार उपेन्द्र बस्नेत विजयी बने भने परिषद् सदस्यमा एमालेका उम्मेद्वार निर्वाचित भइसकेका छन् ।