अर्जुनधारा । स्थानीय तह निर्वाचनको मतगणना कार्य जारी रहेको छ । पहिलो चरणको मतगणनाअनुसार अर्जुनधारा ७ नम्बर वडाको परिणामअनुसार नेकपा एमालेका उम्मेद्वार गोविन्द खतिवडाले सुरुवाती अग्रता कायम गरेका छन् ।

 

खसेको मतमध्ये ३ सय मत गणनाअनुसार ३५ मतले गठबन्धनका उम्मेद्वारलाई पछि पारेका छन् । खतिवडाले १५१ मत पाएका छन् भने गठबन्धनका उम्मेद्वार नविन ढुंगानाले ११५ मत पाएका छन् । ढुंगाना निवर्तमान वडाध्यक्ष पनि हुन् ।

 

यसैगरी, वडा नम्बर ५ र ६ को पनि मतगणना जारी छ । जसमा गठबन्धनका उम्मेद्वार अगाडि छन् । ५ नम्बर वडामा गठबन्धनका उम्मेद्वार हरि खड्का १२२ मतले अघि छन् । यहाँ २८५ मत गणना हुन बाँकी रहेको छ ।

 

यस्तै, वडा नम्बर ६ मा पनि गठबन्धनका उम्मेद्वार हरिशचन्द्र बाँस्तोलाले सुरुवाती अग्रता बनाएका छन् । उनले २८७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेद्वार दिवाकर चौधरीले २५५ मत ल्याएका छन् । ६ सय मतगणना हुँदा एमालेका उम्मेद्वार २७ मतले पछि परेका छन् ।