बिर्तामोड । झापाको झापा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित दुई तिहाई बहुमत कांग्रेसले जितेको छ । बिहीबार साँझ सम्पन्न मतगणनामा गाउँपालिका अध्यक्षमा पुनः जयनारायण साह विजयी भएका छन् ।

 

उपाध्यक्षमा पनि कांग्रेसकी अन्जुदेवी थपलिया निर्वाचित भएकी हुन् । अध्यक्षमा निर्वाचित साहले एमालेका गौरीशंकर राजवंशीलाई दुई हजार ६ सय ३३ मतले पराजित गरे । साहले ६ हजार ९ सय ९८ मत पाए भने निकटतम प्रतिद्वन्द्वी राजवंशीले ४ हजार ३ सय ६५ मत मात्र पाए ।

 

उपाध्यक्षमा निर्वाचित थपलियाले एमालेकी देवीमाया अधिकारीलाई एक हजार ४ सय ९७ मतले पराजित गरिन् । थपलियाले ५ हजार ८ सय ६८ मत पाइन भने निकटतम् प्रतिद्वन्द्वी अधिकारीले ४ हजार ३ सय ७१ मत मात्र पाइन ।

 

सीमावर्ती पालिकाको ७ वडामध्ये ५ वटा वडा कांग्रेसले जितेको छ । पालिकाको दुइटा वडामा भने बागी उम्मेदवार निर्वाचित भएका छन् ।