अर्जुनधारा । स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा झापाको अर्जुनधारा नगरपालिकाको ७ नम्बर वडामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । यस नगरमा एमालेले यसै वडाबाट वडाध्यक्षको खाता खोलेको हो ।

 

सुरुवाती अग्रता हासिल गरेको ७ नम्बर वडाका प्रत्यासी गोविन्द खतिवडाले निरन्तरता लिइरहँदै अन्ततः प्यानलै विजयी गराउन सफल भए । उनीसँगै खुला सदस्यमा हरि कटुवाल, देवकुमार राई, महिला सदस्य पार्वतीदेवी न्यौपाने (भट्टराई) र दलित महिला सदस्य जानुका विश्वकर्मा विजयी भए ।

 

खतिवडाले १ हजार ३४२ मत ल्याउँदै प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नविन ढुंगानालाई पराजित गरेका हुन् । १ हजार २६१ मत ल्याइ पराजित बनेका ढुंगाना निवर्तमान वडाध्यक्ष पनि हुन् ।

 

 

यसैगरी, निवर्तमान सदस्य सन्तोष नेम्बाङ, गोमा पर्वते पनि पराजित भए । यस्तै, सुरेश लामिछाने र गंगा थापा पनि सदस्यमा पराजित भएका छन् । यसअघि नेपाली कांग्रेसले १ देखि ६ वडासम्म अध्यक्ष जितेको थियो ।