संखुवासभा । चैनपुर नगरपालिका १ मा सुख्खा पहिरोले पुरिएर बुधबार दुई जनाको मृत्यु भएको छ ।

 

 

नुनढाकी सडकखण्ड निर्माणका क्रममा पहिरो खस्दा कामदार रामकुमार राई र हेमराज मगरको पहिरोमा पुरिएर घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताए ।

 

प्रहरीका अनुसार सडकमा पर्खाल लगाउने क्रममा पहिरो गएको थियो । उनीहरुलाई स्काभेटरको प्रयोग गरेर निकालिएको प्रहरीले जनाएको छ । उनीहरुको शव पोष्टमार्टमका लागि अस्पताल ल्याइएको छ । इकान्तिपुरबाट