दमक । दमकस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत कर्मचारी दिपक नेपालको ट्रकको ठक्करबाट मृत्यु भएको छ ।

 

पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल ४ चुलाचुली मोेडमा गएराति ११ः० बजे ट्रकको ठक्करबाट घाइते दमक ९ का अन्दाजी ३६ वर्षीय नेपालको दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

 

पश्चिमतर्फ आउँदै गरेको ना ७ ख ८७३५ नम्बरको ट्रकले विपरीत दिशामा रहेको प्र. १-०१-०१२ प १४५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नेपालको मृत्यु भएको हो । ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।