झापा । ताप्लेजुङको थुम्बेदिनबाट झापा आउँदै गरेको को १ ज ३३२९ नम्वरको जीप इलामको पुवा खोलामा खसेर दुर्घटनामा परेको छ । इलामको मिलगोलाई तलबाट सोझै पुवा खोलामा जीप खस्दा ११ जना गम्भीर घाइते भएका छन् ।
उक्त जीप (गाड़ी) जोशी हाईड्रोको पावर हाउस नजिक पुवाखोलामा झरेको हो । आठ जना गम्भीर घाइतेलाई झापा ल्याउँदै गरिएको इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले जानकारी दिएका छन् ।
केही घाइते अचेत अवस्थामा रहेका छन् । सामान्य अवस्थामा रहेका घाइतेको इलाम जिल्ला अस्पतालमा उपचार भइरहेको छ । थप विवरण आउन बाँकी छ ।