शनिश्चरे । अर्जुनधारा नगरपालिकाका प्रमुख, उप्रमुखलगायत नवचिर्वाचित जनप्रतिनिधि नेपाल मगर संघ अर्जुनधारा नगर समितिले शुक्रबार बधाई ज्ञापन गर्दै स्वागत सम्मान गरेको छ ।
सामुदायिक भवनमा आयोजित कार्यक्रममा नवनिर्वाचित नगर प्रमुख बलदेव सिंह गोम्देन र उपप्रमुख खड्गमाया पराजुलीलाई बधाई ज्ञापन गर्दै संघले स्वागत सम्मान गरेको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल मगर संघ झापा जिल्ला समितिका अध्यक्ष जगतबहादुर रानामगर, कार्यक्रमका अध्यक्ष तथा संघका सल्लाहकार श्याम रैका थापामगरलगायतले सम्मान गरेका थिए ।
यस्तै, जनप्रतिनिधिका रुपमा मगर जातिको प्रतिनिधित्व गरेका वडा नम्बर १ का सदस्य मदन लिमेल मगर, २ नम्बर वडाका सदस्य बलबहादुर समाल मगर र ८ नम्बर वडाका सदस्य मनोज रैका थापामगरलाई पनि संघले बधाईसहित सम्मान गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि जगत रानामगर, अर्जुनधारा नगर प्रमुख बलदेव सिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, निवर्तमान नगर प्रमुख हरिकुमार रानाले आफ्ना भनाइ राखेका थिए ।

संघका नगर सचिव सुनिल रैका थापामगरले सञ्चालन गरेको कार्यक्रममा नेपाल मगर संघ अर्जुनधारा महिला समितिकी अध्यक्ष कुमारी बुर्जा मगरले स्वागत गरेकी थिइन् । सोही कार्यक्रममा मगर कलाकारले सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए ।