झापा । चरा संरक्षणकर्मी देबेन खरेलले कोशी टप्पु क्षेत्रमा दुर्लभ सेतो भ्याकुर फेला पारेका छन् । फोटो पत्रकार महासंघको कार्यक्रममा सहभागी हुन कोशी टप्पु बन्यजन्तु आरक्ष पुगेका खरेलले असार २० गते विहान ७ बजे सेतो बगाले भ्याकुरको तस्वीर खिँचेका हुन् ।
सामान्यतयाः भ्याकुर खैरो हुने गर्दछ । हजारौंमा एक चरामा आनुवंशिक गडबडीका कारणबाट प्वाँखको रंग सेतो हुने खरेलले बताए । हालै कैलालीका फोटोग्राफर कुलराज चौधरीले सेतो भँगेराको तस्वीर खिचेका थिए ।