इलाम । इलाम माई नगरपालिका ५ स्थित धोबीखोला बस्ने ८२ वर्षीय प्रेमबहादुर आङदम्बे लिम्बूको रुखले किचेर मृत्यु भएको छ ।
आज बिहानको राति २ बजे पानीसँगै आएको हावाहुरीले घर नजिकै रहेको सखुवाको रुख ढल्दा बाँसको टाँटी, टिनको छानो भएको घर किचेको थियो । रुखले घर किच्दा सोही घरमा सुतिरहेका बृद्ध लिम्बूको घटनास्थलमा नै मृत्यु भएको हो ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी दानाबारी र जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी टोली खटिगई कानुनी प्रक्रिया तथा अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।