झापा । पूर्वी सिमानाका मेची पुलबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । मेचीनगर ६ स्थित मेची पुलबाट ६ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका भारत मिरिकका २७ वर्षीय अनुप प्रधानलाई चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।