काँकरभिट्टा । झापा मेचीनगर ६ स्थित मेची पुलबाट लागुऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका मेचीनगर १० बस्ने ३१ वर्षीय प्रदिप आलेमगर र मेचीनगर ८ बस्ने २० वर्षीय प्रशन्न राजवंशी पक्राउ परेका हुन् । मेची पुलमा आइरहेका उनीहरुलाई शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर १३ ग्रामसहित प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुका साथबाट मोबाइल २ थान र नगद ३ हजार बरामद गरि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।