झापा । बहुविवाह मुद्दामा फरार रहेको दमकका जीवनाथ कोइराला पक्राउ परेका छन् । करिब १० वर्ष अघिदेखि फरार रहेका कोइरालालाई झापा प्रहरीले पक्राउ गरि बिहीबार कारागार चलान गरेको हो ।

 

झापा जिल्ला अदालतले २०६९ असोज २२ गते गरेको फैसलाबमोजिम कोइरालालाई १ वर्ष कैद र ५ हजार जरिवाना तोकिएको थियो । जिल्ला प्रहरी कार्यालय झापाले दमक ८ घर भइ हाल मोरङको उर्लाबारीमा बस्दै आएका कोइरालाई कैद र जरिवाना भुक्तानका लागि कारागार चलान गरेको हो ।

 

झापा प्रहरीले असार २९ गते पक्राउ गरि आज बिहीबार जिल्ला अदालत झापामा उपस्थित गराएको थियो । अदालतको आदेशबमोजिम प्रहरीले ४६ वर्षीय कोइरालालाई झापा जिल्ला कारागार चलान गरेको हो ।