मोरङ । विभिन्न मितिमा मोरङको विराटनगर महानगरपालिका क्षेत्रभित्रबाट मोटरसाइकल चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका ४ स्थित सामुदायिक मेडिकल हल अगाडि तथा सोही वडामा रहेको नोवेल अस्पताल कम्पाउण्डभित्र पार्किङ गरी राखेको ३ वटा मोटरसाइकल चोरीमा संलग्न भएकाहरुलाई मोरङ प्रहरीले पक्राउ गरेको हो।
विराटनगर महानगरपालिका ४ बस्ने २२ वर्षका नवीन माझी, सुनसरी दुहवी ९ बस्ने १८ वर्षका मोहमद सलाउदिन, सोही ठाउँ बस्ने ३४ वर्षका मोहमद नसुरदिन र विराटनगर महानगरपालिका ८ बस्ने २५ वर्षका मोहमद हजरतलाई चोरीका मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
को ६ प ६८०२ नम्बरको डिस्कभर मोटरसाइकल, प्र १-०१०-१३ प ४५०७ नम्बर १५० सिसीको पल्सर मोटरसाइकल र नम्बर नखुलेको १५० सिसीको पल्सर मोटरसाइकल चोरी गर्ने ४ जनालाई मोरङको जिल्ला अदालतबाट चोरी कसूरमा ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।