मोरङ । १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान समुह (आरआइटी) बाट खटिएको प्रहरी टोलीले ज्यान मार्ने उद्योग मुद्दाका १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
मोरङ जिल्ला अदालतले २०७८ साल मंसिर २५ गते गरेको फैसलाले ५ वर्ष कैद सजाय भई फरार रहेका मोरङको सुन्दरहरैँचा नगरपालिका ५ का २७ वर्षीय तिखे भन्ने सुरज शाक्य पक्राउ परेका हुन् ।
प्रहरीले उनलाई खोजतलासको क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका शाक्यलाई आजै कैद भुक्तानको लागि जिल्ला कारागार मोरङमा बुझाएको प्रहरीले जनाएको छ ।