मोरङ । विराटनगरबाट सोमबार बिहान ८ बजेदेखि अपहरणमा परेकी एक वर्षीया बालिकाको अवस्था अझै पत्ता लागेको छैन । विराटनगर १३ रोडशेषकी ममता यादवकी छोरी निकिसा यादव सोमबार बिहान ८ बजे अपहरणमा परेकी हुन् ।

 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख शान्तिराज कोइरालाले बालिकाको उद्धारका लागि तीव्र खोजी भइरहेको जानकारी दिए । ‘हामी बालिकाको अपहरणको गम्भीर अनुसन्धानमा छौं,’ उनले भने, ‘प्रहरीको अनुसन्धान टोली बालिकाको तीव्र खोजीमा छ ।’

 

बालिकाको बुबा दीपेन्द्र यादवले निकिसालाई रोडशेषनजिकै रहेको चिया पसल पुर्याएका थिए । दीपेन्द्रको चिनजानमा रहेकी एक महिलाले निकिसालाई लिएर फरार भएको प्रहरीको भनाइ छ ।

 

के-कारण बच्चालाई अपहरण गरेको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । बच्चा लिएर बेपत्ता भएकी युवती मोरङ, सुनसरीकै क्षेत्रमा रहेको प्रहरीको भनाइ छ ।