झापा । झापाको हल्दिबारीमा धान खेतमा लडेर एक बृद्धको मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका ५ निवासी अन्दाजी ८३ वर्षीय चन्दमान राईको धान खेतको आलीबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
हल्दिवारी गाउँपालिकाको कार्यालयदेखि दुई सय मिटर दक्षिण धान खेतभित्र राईलाई स्थानीयले मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि स्थानीयसहितको प्रहरी टोली घटनास्थल पुगेर शवको कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।