बिर्तामोड । लागुऔषध ब्राउन सगुरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बुट्टाबारीस्थित देवराज भारतीको घरमा डेरा गरी बस्ने २५ वर्षीया आइसा गिरी रहेकी छन् ।
हिजो बेलुका अस्थायी प्रहरी चौकी सालबारीबाट खटिएको प्रहरी टोलीले गिरीलाई लागुऔषध ब्राउन सुगर १ ग्रामसहित कोठैबाट पक्राउ गरेको हो । ब्राउन सुगरसहित पक्राउ परेकी गिरीको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।